चितवन । चितवनमा लागुऔषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ का धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत लागुऔषध खैरो हिरोइन सहित प्रहरीको फन्दामा परेका हुन् ।
लामालाई गत बुधबार दुई ग्राम ८७० मिलिग्राम खैरोहिरोइन सहित र राउतलाई बिहीबार सोही लागुपदार्थ एक ग्राम ५७ मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीको जनाएको छ । पक्राउ परेका दुबै जनालाईनै चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीको भनाई छ ।
प्रहरीले दिएको विवरण यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया