चितवन । किसान दाना उद्योग प्रा.लि.अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै गएको छ । जसले उत्पादित अण्डालाई केन्द्र मार्फत उपभोक्ताले खरिद गर्ने घरदैलोको किराना पसल सम्म पुर्‍याउन सुरु गरेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पुर्‍याउन सुरु गरेको सो उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलले जानकारी दिए ।

पोख्रेलका अनुसार उद्योगको देशभर रहेका ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएर अगाडि बढेको बताए । उनले हालसम्म पाँच बिक्री केन्द्रमार्फत अण्डा बिक्री गरिँदै आएको बताए । पोख्रेलले सोही उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ८०० पेटी अण्डा र उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९५० पेटी अण्डा सङ्कलन हुने गरेको जानकारी दिए ।
पाख्रेलका अनुसार सङ्कलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो । उनले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताए । पोख्रलका अनुसार हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौँको पेप्सीकोला, जोरपार्टी, नयाँ बजार र नक्सालमा बिक्री केन्द्र खोलेको छ । सो केन्द्रमार्फत घरदैलोमा अण्डा पुर्‍याउने गरिएको छ जसकालागि बाह्र वटा साना सवारी साधनले अण्डा ओसार्ने काम गर्ने गरेको उनको भनाइ छ । उनले छिट्टै इटहरी र वर्दिबासमा पनि केन्द्र खोलिने जानकारी दिए । उनले स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पुर्‍याउनु उद्योगको लक्ष्य भएको बताउदै उद्योगले नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने गरेको बताए । उनका अनुसार उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ ।
उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौँ तह पार गरेर मात्र उपभोक्ताकामा अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यका साथ काम सुरु गरिएको बताए । उनले अब घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउनेछ । यसबाट उपभोक्तालाई सोझै सर्वसुलभ रुपमा अण्डा प्राप्त हुनेछ ।

यसैबीच उद्योगले सोमबार पनि सुुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित सनिहल लाइनमा पाँचौँ बिक्री केन्द्र शुभारम्भ गरेको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै रावतले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेतसम्म किसान दाना उद्योग आएकोमा खुशी ब्यक्त गरे । उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भीमप्रसाद पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्री केन्द्र स्थापनाको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया