काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् । कांग्रेस सभापति देउवालाई भेट्न बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् । उनीहरुबीचमा सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको बुझिएको छ ।
देउवासँग आजनै भेट्ने कार्यक्रम तय भएपछि प्रचण्ड– नेपाल चितवनको आमसभामानै नगई जहाजमा काठमाडौं आएका आएका थिए । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि नेताहरुको दौडधुप सुरु भएको छ ।

तपाईको प्रतिक्रिया