काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेर संयुक्त सरकार बनाउन आग्रह गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपालले देउवालाई उनकै निवासमा पुगि सो प्रस्ताव राखेका हुन् । देउवा निवासमा केहि समय चलेको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । जसक्रममा प्रचण्ड र नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाई मिलेर संयुक्त सरकार बनाउन आग्रह गरेका थिए । सो छलफल पछि दुवै पक्षले आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएको बताइएको छ ।
सो भेटवार्ताको क्रममा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा आएपछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । देउवाले जवाफमा सो विषयमा आफ्नो पार्टीमा छलफल गरेर मात्र जवाफ दिने प्रतिक्रिया दिएका थिए । कांग्रेस सभापति देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइ सकेको सो छलफलको क्रममा जानकारी गराएका थिए । स्मरण रहोस यस अगाडिको भेटमा प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि आउन अफर गरेका थिए ।

तपाईको प्रतिक्रिया