चितवन । प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह जिल्ला कमिटि चितवनले बुधबार भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन सुझाव दिएका हुन् ।

नेता पाण्डेले प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको बताउदै नेपालको न्यायपूर्ण आन्दोलनलाई बचाएकोमा न्यायमूर्तिहरुलाई सलाम प्रकट गरेका थिए । पूर्वअर्थमन्त्री पाण्डेले ओलीले संसदलाईनै निमोठेको बताउदै नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिन सुझाव दिएका थिए । उनले अब ओलीका दिन गएको भन्दै ओलीसँग राजिनामा भन्दा अर्को बिकल्प नरहेको बताए । चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको भन्दै पाण्डेले हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाउन आफुहरु लागि पर्ने बताए ।

तपाईको प्रतिक्रिया