काठमाडौं । नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ । जसका कारण अब नयाँ सरकार कसले बनाउने भन्ने विषय सबैभन्दा महत्वपूर्ण प्रश्न बनेको छ । तर यसको निर्ण नेपाली कांग्रसले मात्र दिन सक्ने अवस्था हालको गणितिय हिसावले देखिएको छ । उता नेकपाका ओली समुह प्रचण्डा–माधव दुवै पक्ष नै अहिले काँग्रेसलाई मनाउन लागि परेको छन् । तर प्रमुख विपक्षी दल रहेको नेपाली कांग्रेसले भने तत्काल नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ ।
कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्काल कुनै पक्षसंग सहकार्य नगर्ने, पर्ख र हेरको अवस्थामा रहने निश्कर्ष निकालेको हो । । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । देउवाको उराय मागेपछि पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्काल कुनै पक्षसंग सहकार्य नगर्ने, पर्ख र हेरको अवस्थामा रहने निश्कर्ष निकालेको थिया । सो बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा समेत भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया