
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडास्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा रत्ननगर वडा नं. १ को आर्थीक सहयोगमा अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत वडा नंं १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुदान रकम सहित विभिन्न सामाग्री बितरण गरिएको हो ।
सोे कार्यक्रममा अम्बकला आचार्यलाई गाइपालनको लागि अनुदान स्वरुप १० हजार, एक जनालाई कान सुन्ने मेसिन तथा ४४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा प्रदान गरिएको वडास्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र गिरीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष भिमराज खनालले सञ्चालन गरेको सो ार्यक्रममा वडा नं. १ का कार्यबहाक वडाध्यक्ष वाबुराम गौतम प्रमुख अतिथि रहेको थिए भने कार्यक्रममा वडा सदस्य शालिकराम पराजुली, नगर स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष इन्द्र प्रसाद चालिसे लगायतले मन्तव्य राखेका थिए ।