काठमाडौं । आगामी फागुन २३ गते नै प्रतिनिधि सभा बैठक बोलाउन सरकारले निर्णय गरेको छ । जसको लागि विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ गतेनै संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेसंगै १३ दिनभित्र संसद अधिवेशन अनिवार्य बोलाउनु पर्ने परामादेश जारी गरेपछि सरकारले यो निर्णय लिएको हो ।
सरकारको यो सिफारिससँगै अब राष्ट्रपतिले संसद बैठक आह्वान गर्नेछिन् । उक्त दिनमा नेकपा भित्रको विवादसंगै प्रधानमन्त्री बिरुद्धको अविश्वासको प्रश्तावको पनि पेश हुनसक्ने देखिएकाले के हुने हो भन्ने प्रश्न भने सबैको मनमा उब्जिएको छ । यो संगै नेकपा भित्रको विवाद सडकबाट सदनमा प्रवेश गर्ने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया