अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शिवालय मन्दिरको नजिक आगलागीहुदा दुई घर जलेर नष्ट भएको छ । अगलागी भएको ति दुई घर स्थानीय टुक प्रसाद गौडेल र उनका भाइ नबराज गौडेलको रहेको छ । आइतबार दिउसो करिब २ बजेको समयमा घर नजिक रहेको गोठमा कुडो पकाउने क्रममा घरमा आगलागी भएको पीडितको भनाइ छ ।

घर जलेर मानवीय क्षेती नभएतापनि घरमा पालिएको एक बाख्रा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाद्यान्न, भाँडाकुडा, लत्ताकपडा, एक थान टिभी र पैसा गरी झन्डै १० लाख मुल्य बराबरको दुई घरमा क्षेती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो दमकलको सहायतामा स्थानीयबासी र प्रहरीको सहयोगमा निभाउन सफल भएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेल नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया