तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आइतवार साँझ झडप हुँदा पाँच घाइते भएका छन् । सो झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । झडपमा परि घाइते हुनेहरुमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार सो झडपमा परि घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेकोे छ ।
हाल कारागारमा रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्ति राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीचमानै विवाद भएपछि सो बिवादले झडप रुप लिएको बताइएको छ । सो घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भएको जिल्ला प्रहरी कार्यालयले तनहँुले जनाएको छ ।

तपाईको प्रतिक्रिया