अजित अधिकारी
चितवन । माडीमा अम्रिसो घाँस काट्न जाने क्रममा एक जनाको जंगली निल गाईको आक्रमणबाट ज्यान गएको छ । ज्यान जानेमा माडी नगरपालिका – ६ स्थित स्याउलीबास निवासी बर्ष ५६ का बिर बहादुर तामाङ्ग रहेको प्रहरीले जनाएको छ । उनीसंगै गाउँका ४ जना सोमेश्वर सामुदायिक बन भित्र जंगलमा कुचोको लागि अम्रिसो घाँस काट्न गएका थिए । अन्य ३ जना भागेर ज्यान बचाउन सफल भएका छन । भने तामाङ्गको जंगली निल गाईले आक्रमण गर्दा उनको घटना स्थलमा नै ज्यान गएको प्रहरीको भनाइ छ । मृतक तामाङ्गको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया