धादिङ । धादिङमा बाटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा बाटो खन्ने क्रममा ४५ वर्षीया सरस्वती कुमालको ज्यान गएपछि स्थानीयले एक्स्काभेटरमा भने आगो लगाएका छन् । बाटो खन्ने क्रममा एक्स्काभेटरले लागेर घाइते भएकी महिलाको खाल्टो खनी अपरेटरले पुर्ने प्रयास गरेको आरोपमा एक्स्काभेटर जलाइएको स्थानिएको भनाई छ ।
नया बन्ने पिच सडकको लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल कुमाल घाइते भएकी थिइन । घाइते कुमाललाई उपचार गर्न लानुको साँटो अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा कुमालको ज्यान गएको स्थानीयको आरोप छ । सो घटना लगत्तै स्थानीयले डोजरमा आगो लगाएको र अपरेटर भने फरार रहेको प्रहरीले जनाएको छ । सो घटना पछि सल्यानटारमा थप असहज परिस्थिति नबनोस भनेर प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया