चितवन । चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको सो गीत सोमबार अपरान्ह बिशाल ईन्टरनेनमेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

विभिन्न पुस्तक प्रकाशन गरि सकेका साहित्यकार, सर्जक तथा व्यवसायी घिमिरेले ‘उनले जस्तै..’ बोलको गितमा उत्कृष्ट शब्द भरेका छन् । हाल सम्म घिमिरेको मौनता उपन्यास, मेरो बैंसको क्यालेण्डर कविता संग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।
सार्वजनिक गीतको भिडियोमा कमल सिंह, नग्मा श्रेष्ठ र समिक्षा पोखरेललाई अभिनय रहेकोे छ । म्युजिक भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने रमेश थापाले सम्पादन गरेका छन् ।
हेरौ ‘उनले जस्तै…..’ गितको भिडियो

तपाईको प्रतिक्रिया