चितवन । फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा खुल्ने भएको छ । जसको यहि फागुन २० देखि उद्धघाटन गरिने फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर दिलिपकुमार तामाङ्गले जानकारी दिए । गुणस्तरीय कम्प्युटर, ल्यापटप, मोवाईल तथा इलेक्ट्रोनिकसका ख्याती कमाएको फेसबुक कम्प्युटर सप्लायर्सले शाखा विस्तार अभियानलाई तीव्र पारेको तामाङ्गले बताए । उनका अनुसार विगत एक दशकदेखि जिल्लाको नारायणगढबाट आफ्नो सेवा दिदै आएको फेसबुक कम्प्युटर सप्लायर्सले ग्राहकवर्गहरुको माग वमोजिम पूर्वी चितवनको खैरहनी पर्साबजारमा नयाँ शाखा विस्तार गर्न लागेको हो ।
तामाङ्गले पूर्वी चितवनकै रत्ननगरमा पहिलो शाखाको सफलतासगैँ ग्राहककै घरदैलोमा सेवा दिने उद्देश्यसहित आफ्नो दोश्रो शाखा खैरहनी पर्सा बजारमा सुरु गर्न लागेको बताए । सोमबार आयोजित पत्रकार सम्मेलन बोल्दै तामाङ्गले झण्डै १ करोड लगानीमा पर्सा शाखाको सुभारम्भ गर्न लागिएको हो । पूर्वी चितवनका ग्राहकको मागबमोजिम पर्साबजारबाट सेवा प्रदान गर्न लागिएको बताउदै तामाङ्गले ग्राहकवर्गहरुलाई समयमै सर्भिस र सेवा दिनुका साथै उत्कृष्ट सेवा दिन सप्लायर्स सफल हुने उनको विश्वास लिएको बताए ।

तामाङ्गले विभिन्न कम्पनीका कम्प्युटर, ल्यापटप, डेस्कटप, प्रिन्टर, सेक्युरिटी डिभाइस, सिसि क्यामेरा, मोबाइल बिक्री तथा मर्मत हुने तथा सम्पूर्ण सामाग्री बजारीकरण गर्ने र आफु स्वरोजगार बन्न सकिने र ग्राहकलाई सुपथ मूल्यमा सेवा प्रदान गरी सन्तुष्ट पान यो शाखा सफल हुने मा आफु बिश्वस्त रहेको बताए । सो सप्लायर्सले स्वदेशी तथा विदेशी सामान उपलब्ध गराउनुका साथै ग्राहक वर्गलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको तामाङ्गले बताए ।
आउने दिनमा पनि ग्राहक वर्ग बिच अझ व्यवस्थित तरीकाले सेवा दिने सोच सँगै ग्राहकको मागलाई कदर गर्दै व्यापारलाई अझै विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । पर्सा शाखा उद्घाटनका अवसरमा पहिलो १० जना ग्राहकलाई विषेश छूटको व्यवस्था रहेको जानकारी दिदै तामाङ्गले अनलाइनको माध्यमबाट पनि सेवा प्रदान गरिरहेको र पर्सा शाखाबाट पनि सो सुविधा प्रदान हुने वताए ।
उनका अनसुसार सो शाखा विस्तारपछि सेवाका लागि नारायणगढ धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हालसम्म फेसबुक कम्प्युटर सप्लायर्सले चितवनको एक सयभन्दा बढी विभिन्न संघसंस्था, कार्यालय तथा स्कुल, कलेज, विश्वविद्यालय, सहकारी संस्था, वैंक, एनजियो, आइएनजियोलगायत व्यक्तिगतरुपमा पनि गुणस्तरीय सेवा र सुविधा दिइरहेको तामाङ्गको भनाई छ ।

तपाईको प्रतिक्रिया