काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र सरकार बिच वार्ता हुने भएको छ । जसमा सरकारको नेतृत्व गृहमन्त्री राम बहादुर थापा बादलले गर्नेछन् भने र विप्लव समूहको नेतृत्व प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गर्ने छन् । प्रकाण्ड’को नेतृत्वमा हुने वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेका छन् ।
उता सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । गुरुङले विज्ञप्तिनै जारी गरेर विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जनाएका छन् ।
विप्लव समूहमाथि २८ फागुन २०७५ देखि सरकारले प्रतिबन्ध लगाएको छ । मन्त्री गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकार र विप्लव समूहबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया