अजित अधिकारी
चितवन । माडीमा शिवरात्री मेला आयाेजनाा हुने भएको छ । यही फाल्गुन महिनाको २७ गते महाशिवरात्रीका दिनदेखि २९ गतेसम्म ३ दिन सञ्चालन गरिने मेला आयोजक मुल समितिले आज बरुवामा पत्रकार सम्मेलनद्वारा जानकारी गराएको छ । माडी नगरपालिकाको प्रबर्द्धक एबम स्टार स्पाेटस क्लबको सह आयोजनामा हुन लागेको सो मेलामा थारु कल्याणकारी सभा, आदीबासी जनजाती महासंघ सहयोगी संस्थाको रूपमा रहेको छ ।

झन्डै ८ लाखको लागतमा मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिले पत्रकार सम्मेलनद्वारा जनाएको छ । माडी १ का वडा अध्यक्ष कृष्ण पौडेलको आतिथ्यतामा भएको सो पत्रकार सम्मेलनमा वडा सदस्य अमित लामा, स्टार स्पाेटस क्लबका अध्यक्ष हरि अधिकारी र सह संयोजक संजय महतो अतिथिको रुपमा रहेका थिए । कोरोना भाइरस कोभिड १९ ले सुस्ताएको माडीको व्यबसायलाई ब्युताउँदै पर्यटन प्रर्बदन गर्नु मेलाको मुख्य उद्धेश्य रहेको मेला मुल आयोजक समितिका सह संयोजक सञ्जय महत्तोले बताए । उनका अनुसार, यस मेलाले माडीको धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार संगसंगै सामाजिक मुल्य, मान्यता र परम्पराको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्नेमा बिश्वस्त रहेको बताए । बरुवा थारु समुह, सुनगाभा बाल क्लबको आयोजनामा हुन लागेको सो मेलाको मुख्य नारा “मेलाको साभार, संस्कृति र पर्यटनको आधार” भन्ने रहेको छ । ३ दिन सम्म संचालन हुने मेला माडी – १ स्थित बरुवामा रहेको स्टार स्पाेटस क्लबको खेल मैदानमा सञ्चालन हुनेछ । मेलाको पहिलो दिन भगवान् शिवको करिब ८ फिट अग्लो मूर्ति स्थापना गरी धार्मिक उत्सब मनाउने योजना रहेको महतोको भनाइ छ । दोश्रो र तेश्रो दिन भने माडी स्तरीय भलिबल प्रतियोगिता, बृहत सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबल लगायतका कार्यक्रमहरु रहने मेला आयोजक समितिले जनाएको छ । मेलामा करिब ६० वटा स्टलहरु रहनेछन् । स्टल बुकिङ सुरु भइसकेको आयोजकले जनाएको छ । मेलामा प्रवेश टिकट भने मात्र रु २० रुपैया रहेको र परिचय पत्र सहित जाने बिद्यार्थी तथा फरक क्षमता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यबस्था मिलाइएको आयोजकको भनाइ छ । टिआर सुबेदीले सहजीकरण गरेको कार्यक्रम मेला संयोजक राम प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया