काठमाण्डौ । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच भएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको र समान धारणा बनेको बताइएको छ ।
सरकारी टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत बुधवार साँझ सकिएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको जानकारी दिएका हुन् । उनले दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको लेखेका छन् ।
बुधवार बिहान सरकार र प्रतिवन्धित विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउनेको सहभागिता रहेको थियो ।
सो वार्तामा विप्लव समूहले सरकारसँग आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता÷कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको थियो ।

तपाईको प्रतिक्रिया