काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव गाडी मार्फत काठमाडौं आईपुगेका छन् । वार्तामा सहमती जुटेपछि सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरेको भएपनि जनमानसमा नराम्रो सन्देश जाने पएपछि विप्लवले आफू पार्टीले व्यवस्था गरेको गाडीमार्फत नै काठमाडौं आउने बताएअनुसार बिहिवार साँझनै काठमाडौं आइपुगिसकेको बताइएको छ ।
बिहिबार सरकारसँग तीन बुँदे सहमति भएको र सरकारले प्रतिबन्ध पनि फुकुवा गरेपछि विप्लव काठमाडौं आईपुगेका हुन् । आज (शुक्रबार) दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । नेकपा (बिप्लब) समूह र सरकार बिच सहमतिका बारेमा विस्तृत जानकारी दिन काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष समारोहको आयोजना गरिएको छ । उनिनिकट स्रोतका अनुसार त्यसको लागि विप्लव बिहिबार साँझ काठमाडौं आईसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया