महेश पाण्डे
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा केहि दिन अघि मात्रै आएका डिएसपी ईन्द्र बहादुर रानाले आफु शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्र्न लागि पर्ने बताएका छन् । आज (शुक्रवार) ईप्रका टाँडीको परिसरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रानाले यस्तो बताएका हुन् ।

रानाले प्रहरीको काम जुन ठाँउमा गएपनि एउटै भएको बताउदै आफ्नो पहिलो प्राथमिकता शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्न लाग्नुनै रहेको बताए । उनले चितवन अझ त्यसमा पनि पूर्वी चितवनमा नेपालकै तेस्रो पर्यटकिय गन्तव्य सौराहा पनि रहेकाले त्यस क्षेत्रमा घुम्न आउने आन्तरिक वा वाह्य पर्यटक र सो क्षेत्रमा रहेका पर्यटन ब्यवसायीलाई कुनैपनि समस्या नपरोस र ब्यवसायमा चोट नपुगोस भनेर आफु प्रतिवद्ध रहेको बताए ।

रत्ननगरमा लागु औषध र साइबर क्राइमका घटनाहरु बढ्दै गएको आफुले देखेको र सुनेको बताउदै रानाले त्यसलाई कम गर्नका लागि सो क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुमा सचेतना मुलक कार्यक्रमहरु गर्ने बताए । पिडित मैत्री प्रहरी सेवा नामबाट आफुले काम गर्ने बताउदै रानाले कुनै पनि पिडितलाई समस्या नहोस भनेर पिडितको अवस्था अनुसार उत्कृष्ट प्रहरी परिचालन गरेर पिडितलाई न्याय दिलाउन सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।

रानाले रत्ननगरमा गुण्डागर्दीको अन्त्य र दण्डहिनताको अवस्था नरहोस भनेर सो कार्यमा संलग्नलाई कानुन अनुसार कार्वाही गर्ने बताए । उनले कुनै ठाँउमा घट्ने घटनामा क्विक एक्सन लिएर प्रहरी तत्काल पुग्ने वातावरण बनाउने बताए । समाजमा शान्ति शुरक्षा, अमन चयन कायम गर्न प्रहरी प्रशासनले मात्र संभव नहुने भएकाले पत्रकार, स्थानिय सबैको साथ र सहयोग रहेमा मात्र त्यो संभव हुने बताए ।

बि.सं. २०६७ सालमा ईन्सपेक्टेर बाट प्रहरी सेवाको सुरुवात गरेका रानाले यस अघि काठमाण्डौको हनुमान ढोकार र हेटौडामा पनि प्रहरीको बिभिन्न पदमा रहि कार्य गरिसकेका छन् । सो पत्रकार भेटघाट कार्यक्रममा पूर्वी चितवनमा रहेर पत्रकारीता गरि रहेका करिब २ दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।
भिडियो हेरौंः

तपाईको प्रतिक्रिया