मुग्लिन । यहि फागुन २३ गतेदेखि एक हप्ता नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सो सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६ स्थित चारकिलोमा पहिरो रोकथामको लागि बाँकी रहेको काम सम्पन्न गर्न यहि फागुन २३ गतेदेखि एक हप्ता दैनिक साढे चार घण्टा बन्द गर्न लागिएको हो ।
नारायणगढ मुग्लिन सडक आयोजनाको कार्यालयले अब फागुन २३ गते देखि एक हप्ता सम्म हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त स्थानमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने बताएको छ । सो अवधि भर नारायणगढ तर्फबाट आएका सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट आएका सवारी साधनलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त अवधिमा संभव भएसम्म वैकल्पिक सडकमार्गको प्रयोग गर्नुहुन समेत सबैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया