अजित अधिकारी
चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम नेपाल क्रीकेट संघ चितवन शाखा र खेलकुद तथा सांस्कृतिक समिति माडीको आयोजनामा आज शनिबारदेखि माडी क्रीकेट कप २०७७ हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित बसन्तपुर युथ क्लबले आयोजना गरेको सो खेल बसन्तपुर बजारमा रहेको खुला खेल मैदानमा रहनेछ । खेलको उदघाटन बिहान ११ बजे माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले गर्ने आयोजकले जनाएको छ । आज हुने पहिलो चरणको खेलमा गैडाकोट स्टारर्स क्लब गैडाकोट र पोखरीया ११ बीरगंज बिच प्रतिस्पर्धा रहने छ । उक्त खेल चैत २ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया