रामु आचार्य
रत्ननगर : सगरमाथा मोवाईलको मासिक लक्की ड्र अन्तर्गत रत्ननगर ६ निवासी लक्ष्मी रिजालले इन्फिनिक्स कम्पनीको १५ हजार रुपैया बराबरको स्मार्ट फोन जितेकी छिन । उनले सगरमाथा मोवाईल बाट केहि दिन अघि ९ हजार बराबरको मोवाईल खरिद गरेकी थिइन । सगरमाथा मोवाईलको प्रांगढ़मा आज आयोजित खुल्ला लक्की ड्र मा भाग्यसाली बिजेता भएकी उनलाई पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

रत्ननगर स्थित सौराहा चोकको गङ्गा प्लाजामा रहेको सगरमाथा मोवाईलले हरेक महिनाको २२ गते आफ्ना ग्राहक (मोवाईल खरिदकर्ता) हरुलाई विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ । यस अघि रत्ननगर ८ निवासी हेमराज महतोले एम आई फोर के स्मार्ट टिभि, रत्ननगर १ निवासी हर्क बहादुर कार्कीले ओप्पो स्मार्ट फोन उपहार प्राप्त गरिसकेका छन् । यो महिना भरि मोवाईल खरिद गर्ने ग्राहक महानुभावहरुका लागी नया बर्ष बिशेष उपहार प्रदान गरिने सगरमाथा मोवाईलका संचालक शंकर पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया