रत्ननगर । रत्ननगर नगरपालिका–९, मोहनामा रहेको जस्पाल देवि टोल विकास संस्थाको अध्यक्षमा शेखर शर्मा पौडेल चयन भएका छन् । शनिवार सम्पन्न जस्पाल देवि टोल विकास संस्थाको पाँचौ अधिवेशन तथा पन्ध्रौं साधारण सभाबाट शेखर शर्मा पौडेलको अध्यक्ष चयन भएका हुन् ।
सो अधिवाशेनबाट शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचीवमा निलु शर्मा, कोषाध्यक्षमा हरि प्रसाद पोडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा गुरुदत्त आचार्य, प्रमिला सुवेदी, ज्ञानेन्द्र पराजुली, निशान पौडेल, जिवन पोडेल, ओम प्रसाद शर्मा र शान्ति पोखरेल रहेका छन् ।
साधारण सभाको अवसरमा सो टोल भित्र रहेका ७० वर्ष नाघेका २० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको सचिव निलु शर्माले वताईन । बिष्णु पोख्रेलले सञ्चालन गरेको सो कार्यक्रममा जसपाल केन्द्रका अध्यक्ष मेघनाथ पौडेल, देव नारायण पौडेल, होमनाथ पौडेल, कमलापति पौडेल लगाएतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया