चितवन । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पस टाँडिमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । १११ औ नारी दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ईकाई समितिले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख वक्ता समाज सेबि तथा महिला अधिकारकर्मी मिना खरेल र विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला प्रबक्ता एवम् अधिकारकर्मी निता ढकालले नारी दिवस र महिला अधिकारको बिषयमा प्रशिक्षण दिएका थिए ।

इकाई सभापति बिबेक उदासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस साबिक क्षेत्र नम्बर २ का सभापति कुमार कार्की, सहिद स्मृति बहुमुखी क्याम्पसका प्राचार्य धर्मदत्त तिवारी, साहायक क्याम्पस प्रमुख नारायण बाबु श्रेष्ठ, नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष अनमोल अधिकारी, नेपाली प्रेस युनियन जिल्ला उपाध्यक्ष अनिता अर्याल, महिला संघ खैरहनी सभापति अमृता भट्टराई, नेपाल विद्यार्थी संघ खैरहनी ईकाई अध्यक्ष सुरज बस्नेत, उपाध्यक्ष अनु पौडेल, महिला अधिकारकर्मी शोभा ढकाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । प्रमिला बुडाथोकीको संयोजकत्वमा आयोजना भएको सो कार्यक्रममा पुर्बी चितवनमा रहेका नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया