चितवन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै चितवनमा रहेको एमाले पार्टी कार्यालयमा दिपावली गरिएको छ । एमालेको पार्टी कार्यालय रहेको कृष्णपुरमा अनेरास्ववियू र युवासंघको आयोजनामा आईतबार दिपावली गरिएको हो ।

सो दिपावली कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य हरी सापकोटाले मेहनत, पसिना बगाएर निर्माण गरिएको पार्टी कार्यालय अव आफ्नै भएकोमा खुसी ब्यक्त गरे । आम एमाले कार्यकर्ताको भावना अनुरुपको फैसला सर्वोच्चबाट आएको भन्दै सापकोटाले स्वागत गरे ।

दिपावली कार्यक्रममा गरिरहदा त्यहाँ सहभागी भएका जिल्लाका नेता कार्यकर्ता भने निकै उत्साहित देखिएका थिए । दिपावली मनाएसँगै उनिहरुले एक अर्कालाई बधाई समेत साटासाट गरेका थिए । दिपावली कार्यक्रममा नेता जेएन थपलिया, विजय सुवेदी, प्रकाश खनाल “सैलेश” लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा युवा विद्यार्थीले केपी ओलीको समर्थनमा नाराबाजी समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया