
काठमाडौं । आफ्नै मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई नेकपा एमालेले निर्देशन दिएको छ । केहि दिन पहिला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा एमालेका सांसदसमेत सहभागी भई अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
शुक्रबार एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिनै जारी गरि मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका हुन् । ज्ञवालीले शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय भन्दै विज्ञप्तिमा पार्टी निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह समेत गरका छन् । ज्ञवालीले विज्ञप्ति मार्फत पार्टीको संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यलाई अनुशासित र एकतावद्ध भई परिचालित गर्न निर्देशन समेत दिएका छन् ।
ज्ञवालीद्धारा जारी विज्ञप्ति यस्तो रहेको छ ।