चितवन । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति चितवनको निति र निर्देशन अनुरूप पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा रहेको क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ ।

प्यारागन मा वि तथा क्वेष्ट मोडल कलेज अन्तर्गत सन्चालन भइरहेको क्युएमसी तेक्वान्दो डोजाङ र न्यू लाइफ तेक्वान्दो डोजाङका ६८ जना तेक्वान्दो विद्यार्थी खेलाडीहरुको शनिवार एक भव्य कार्यक्रमका विच क्वेस्ट मोडल कलेज रत्ननगरमा त्रैमासिक ग्रेडिङ सम्पन्न भएको हो ।

ग्राण्ड मास्टर रोसन खानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशिक्षक दिपेन्द्र वहादुर नेपाली र स्वयंसेवी प्रशिक्षकहरु शुशिल थापामगर, साहिल श्रेष्ठ, सिवानी श्रेष्ठ र सन्जिता महत्तो लगाएतले सहजीकरण गरेका थिए । सो कार्यक्रममा बिद्यार्थीका अभिभावकहरु तथा खेलप्रेमी दर्शकको बाक्लो

उपस्थिती समेत रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरु सि पि घिमिरे, शुरक्षा पौडेल, शुशिला कुँवर लगायतले व्यवस्थापनमा सहयोग गरेका थिए । सो कार्यक्रममा उत्कृष्ट तथा डवल ग्रेडिङ स्थान प्राप्त गरेका खेलाडीहरुलाई प्यारागन मा वि का अतिरिक्त क्रियाकलाप प्रमुख प्रमोद बन्जाराले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया