चितवन । चितवनमानै स्थापना भई देशभरे इन्टरनेट तथा नेटवर्क सेवा दिइरहेका कम्पनि टेकमाईन्डस् नेटवर्क प्रा.लीले आफ्नो शाखा धमाधम विस्तार गर्दै लगेको छ । सेवाग्राहीलाई द्रुत सेवा दिन र सहज होस भनेर आईतवार पूर्वी चितवनको राप्ती नगरपालिकाको भण्डारा वजारमा शाखा विस्तार गरेको कम्पनिका पूर्वी चितवन प्रमुख एमन भुषालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले अब छिट्टै कम्पनिले पदमपुर खोलेसिमल क्षेत्रमा पनि शाखा बिस्तार गर्न लागेको बताए । उनले सो क्षेत्रमा ईन्टरनेट सेवा भने पहिले देखिनै दिइरहेको बताए ।

भण्डारा शाखाको उद्धघाटन राप्ती नगरपालिका वडा नम्बर ५ की अध्यक्ष मेनुका पाठकले गरेकी थिइन् । सो कार्यालयको समुद्धघाटन गर्दै पाठकले कम्पनिले गुणस्तरीय सेवा दिनेमा आफु विस्वस्त रहेको वताईन । उनले गएको लकडाउनको समयमा अनलाईन कक्षा पढ्न ईन्टरनेट नभएको केहि विपन्न गरिव परिवारको घरमा टेकमाईन्डस् नेट जोडेको र लामो समय सम्म पनि गुनासो नआएको कारण सो कम्पनिको सेवा राम्रो रहेको आफुले ठहर गरेको बताइन् ।
कम्पनिले शाखा विस्तारको अवसरमा बोल्दै नेटवर्कका एडमिन विवेक अर्यालले कम्पनिले नया ईन्टरनेट जोड्ने ग्राहकहरुको लागि विशेष छुट अफर ल्याएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया