काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा कोरोना खोप अभियान रोकिएको छ । भारतको सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख डोज खोप दिन आनाकानी गरेपछि कोरोना खोप अभियाननै स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले जानकारी दिए ।

भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि माघ १४ बाट कोरोना खोप अभियान नेपालमा सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले सेरमसँग २० लाख डोज खरिद गर्न अग्रिम भुक्तानीसमेत गरेको भएपनि सेरमले १० लाख खोप दिन भने आनाकानी गरि रहेको छ । त्यसमध्ये १० लाख डोज भने आइसकेको छ । उक्त डोजले फागुन २३ देखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरिएको थियो । नेपालमा बुधबारसम्म १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका शर्माले जानकारी दिए । उनले पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गतेदेखि दोस्रो डोज दिनुपर्ने भएकाले खोप भने सुरक्षित गर्नु परेको बताए ।

तपाईको प्रतिक्रिया