काठमाडा । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ भने विश्वकैै पहिलो फिनल्याण्ड बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो खुशी राष्ट्र बन्न सफल भएको हो । राष्ट्रसंघले एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा प्रतिवेदन निकाल्ने गरेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले शुक्रबार जारी गरेको सो प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशी राख्ने मुलुकको सुचिमा फिनल्याण्ड विश्वकै पहिला बनेको छ । त्यस्तैगरी नागरिकलाई खुशी राख्ने देशको दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड परेको छ । यसरी सो प्रतिवेदनलाई हेर्दा फिनल्याण्ड यो सँगै चौँथो पटक लगातार खुशी राष्ट्रको पहिलो नम्बरमा पर्न सफल भएको हो । यस अघिपनि ३ पटक लगातार फिनल्याण्ड खुशी राष्ट्रको पहिलो स्थानमा रहेको थियो ।
उता अफगानस्थान भने दक्षिण एशियामा नै सबै भन्दा कम खुशी हुने मुलुकमा परेको छ । राष्ट्रसंघल सो प्रतिवेदन झण्डै एक दशक अघिदेखि निकालिदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया