काठमाडौं । बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोयको एजेन्ट कनकेल्भ कार्यक्रम काठमाडौंमा सम्पन्न भएकाे छ । शुक्रबार एडभोए नेपालले काठमाडौँको एभरेष्ट होटलमा युकेमा अध्ययन गर्न जान चाहने विधार्थीहरूलाई परामर्श प्रदान गरिरहेका शैक्षिक परामर्शदाताहरुलाई एजेन्ट कनकेल्भ-२०२१ सम्पन्न गरेकाे हाे । एडभाेएले साे कार्यक्रम मार्फत युके एजुकेशन सिस्टम, अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको अबस्था, कोभिड को असर र बेलायतमा अबस्थित उत्कृष्ट बिश्वबिद्यालयकाे बारेमा सबैलाई जानकारी गराएकाे थियाे ।

एडभोएका साउथ एसिया डाइरेक्टर बिजय श्रिचरनले एजेन्ट कनकेल्भमा युकेका उत्कृष्ट बिश्वबिद्यालय र हालको अबस्थाका बारेमा जानकारी दिएका थिए । भर्चुवल प्रविधिलाई पनि जाेडिएकाे साे कार्यक्रममा एडभोएका फाउण्डर तथा सिइओ सादिक वाशले एजेन्ट कनकेल्भ २०२१ को मुख्य उद्देश्यको बारेमा जानकारी गराएका थिए ।
एडभोएका नेपाल कन्ट्रि डाइरेक्टर फिलिप डिसीले पोस्ट कोभिडको अबस्थामा एडभोएले बिध्यार्थीहरूलाई बिश्वबिद्यालय, कोर्स, छात्रबृती लगायत वान स्टप सोलुसन फर एब्राेड स्टडी सर्भिस प्रदान गर्ने उद्देश्यले नेपालमा एडभोए अगाडि बढेको बताए ।

यसैगरी कार्यक्रममा टायर 4 स्टुडेन्ट भिजा एप्लिकेशनका बारेमा भिजा एन्ड इमिग्रेसन हेड अफ ब्रिटिस हाइ कमिसन न्यु दिल्लीकी दिव्या मल्होत्राले जानकारी दिइन् ।

साे कार्यक्रमको दोश्रो सत्र अर्थात युनिभर्सिटी इन्फर्मेसन सेसनमा युनिभर्सिटी अफ बोल्टन, युनिभर्सिटी अफ साउथ वेल्स, युनिभर्सिटी अफ ब्रइटन, युनिभर्सिटी अफ रोहेम्टन, कोभेन्ट्री युनिभर्सिटीका बारेमा जानकारी मुलक श्रव्यदृश्य सामाग्री प्रस्तुत गरिएको थियो ।

साे कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमाल रहेका थिए भने कलाकार पुजा शर्मा लगाएतकाे उपस्थिति रहेकाे थियाे । साे कार्यक्रमको सञ्चालन पुर्व मिस नेपाल सदिच्छा श्रेष्ठले गरेकी थिइन् साथै स्वागत मन्तव्य एडभोएकी सिनियर स्टुडेन्ट रिक्युटमेन्ट मेनेजर प्रज्ञा शाहले राखेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा एडभोए नेपालकी स्टुडेन्ट रिक्युटमेन्ट मेनेजर सुजिना रन्जितले भर्चुवल्ली र फिजिकल्ली उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यबाद ब्यक्त गरिन् । साे कार्यक्रममा शैक्षिक परामर्श ब्यावसायीहरू, प्रतिनिधिहरु, कलाकार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया