चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु भएको छ भने दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज (बुधवार) ४ः२५ बजेको समयमा भरतपुर.म.न.पा. २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा भन्ने स्थानमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आईचर ट्रक र बिपरित दिसाबाट आई रहेको बा२१च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार चालक सहित ५ जना घाईते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ ल्याउदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको २ जना को अबस्था भने गिम्भिर रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेका अर्का एक जना घाईतेको र गम्भिर घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तनँहु जिल्ला स्याम्घा न.पा. ४ बस्ने बर्ष २८ को धर्म राज गौली र कास्की जिल्ला लेखनाथ न.पा.बस्ने बर्ष ३१ का रामकृष्ण भुजेल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गम्भिर घाइतेहरुमा कारका चालक लम्जुङ जिल्ला मध्य नेपाल न.पा. ७ बस्ने बर्ष ४२ का पदम सापकोटा र स्याङजा जिल्ला बिरुवा गा.पा. ३ बस्ने बर्ष ४२ का प्रसाद थापा रहेको प्रहरीले जनाएको छ । सामान्य घाईते भएका तनहुं जिल्ला ब्यास न.पा. ६ बस्ने बर्ष ४० को जसमान परियारको पुरानो मेडिकलमा नै उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया