जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका झा दम्पतीको शव गाडिएको अवस्थामा ३० दिनपछि भेटिएको छ । सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ देखि हराएका थिए । हराएको ३० दिन पछि उनिहरुको सव गाडिएको अवस्थामा बिहिवार प्रहरीले फेला पारेको हो ।

गत फागुन १० गते कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए झा दम्पती । भोलिपल्ट बिहान बुहारी उषा उठ्दा उनको कोठा बाहिरबाट बन्द गरिएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन् तर सासुससुरा घरमा थिएनन् र झा दम्पतीको कोठा पनि खुला थियो ।
अंशुले अरुवेला बिहानै उठेर तोरी उखेल्न जानुहुन्थ्यो, त्यतै जानुभयो होला भन्ने सोचिन । तर बिहान अंशु उषासँग गफ गर्दै ससुरा मुसाफिरको कोठा पुग्दा ओछ्यान देखिनन् । तर उनलाई रगत पानीले पखालेको जस्तो लागेपछि प्रहरीलाई खबर गरिन् । सो घटनाको जानकारी प्रहरीलाई भएपछि एउटै घरमा सुत्ने कान्छी बुहारीमाथिनै अनुसन्धान सुरु ग¥यो, तर सो अनुसन्धानमा केही शंकास्पद कुरा नभेटिएपछि प्रहरीले अनुसन्धानको एन्गल परिवर्तन ग¥यो । तर पनि महत्वपूर्ण कुरा झा दम्पतीको कुनै अत्तोपत्तो भने थिएन ।

प्रहरीको अनुसन्धानले मुसाफिर मालपोतका अवकाश प्राप्त सुब्बा भएको र उनलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा विक्री गर्न दबाब दिने गरेको सूचना हात लाग्यो । त्यसपछि प्रहरीले सुक्ष्म अनुसन्धान सुरु ग¥यो । प्रहरीका अनुसार जग्गा जमिनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर पनि नजिकै रहेको र उनिबाट केही जानकारी प्राप्त हुनसक्ने आधारमा उनको घरमा गएको थियो । तर उनको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीलाई उनि प्रतिनै संका लागि थप सर्च अपरेशन चलायो र यादवसहित उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादवलाई नियन्त्रणमा लियो ।

प्रहरीले यादवको घरमा देखिएको रगत जस्तो टाटालाई क्लु बनाई सकेको थियो । सो बिषयमा नियन्त्रणमा लिएका यादव परिवारसँग बयान लिदा उनीहरुले त्यो रंग भएको बताए । तर विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरपेछि अनुसन्धान रामबाबुमाथि केन्द्रीत भएको प्रहरीले बताएको छ् ।
प्रहरीले यादव माथि अनुसन्धान केन्द्रीत गरेपछि सो जग्गाका मुख्य मालिक भारतीय नागरिक समेत रहेका जग्गा व्यवसायी हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण ग-यो । सो क्रममा ठाकुर फागनु १० मा काठमाडौंबाट जनकपुरधाम आएर भोलिपल्टनै फर्किएको देखियो । त्यसपछि प्रहरीले ढिला नगरी ठाकुरलाई पनि काठमाडौंबाट पक्राउ गरेर महोत्तरी पु¥यायो । प्रहरीले ठाकुरसँग पनि बयान लियो । तर बयानका क्रममा उनले आफु काठमाडौंबाट जनकपुर पुगेको भन्ने कुरा स्वीकार गरेनन् ।

प्रहरीले आफ्नो अनुसन्धनालाई बलियो बनाउन पोलिग्राफ शाखामा लगेर बयान लियो । तर सो बयानको क्रममा ठाकुरले बोलेका र भनेका कुराको सत्यता परीक्षण गर्दा ९९ प्रतिशत झुठो बोलेको देखिएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए । उनले सो परिक्षणबाट पनि उनीहरुको बेपत्ता पार्न र हत्यामा उनिहरुको संलग्नता हुनसक्ने आशंकालाई थप बल पु-याएको बताए ।
महोत्तरी प्रहरीले पक्राउ परेकाहरुले अभियोग स्वीकार नगरेको भएपनि उनीहरुको संलग्नता देखिएको भन्दैे पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गरेको थियो । एसपी एसपी दिनेश आचार्यले रामबाबुको घरमा रगतको टाटा भेटिनु, रिसिइबी पनि हुनु र प्राविधिक विश्लेषणले पनि घटनामा चार जनाको संलग्ता देखिएको बताएका थिए । प्रहरीले अनुसन्धान पश्चात झा दम्पतीको हत्या गरेर शव गाडेको वा पोखरीमा गह्रौ वस्तुले थिचेर राखेको हुनसक्ने आशंका गरेको थियो ।
प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले महोत्तरी र धनुषाका ४२ वटा पोखरीमा खर्च गरिएको र केही पोखरीको पानी निकालिएको बताउदै सो खोजि अभियानमा ¥याफ्टिङ बोटको पनि प्रयोग भएको बताए । उनले शंकास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली बिहीबार झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम–दक्षिणको पिपरा–२ मा पुगेको बताए । उनले बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको बताए ।
उनले शवको अवस्था हेर्दा अपहरणपछि तत्कालै हत्या गरेर गाडिएको जस्तो देखिएको बताउदै झा दम्पतीको शव छोरा मनिषकुमारले कपडा र पोतेका आधारमा सनाखत गरेको बताए । उनले एक महिनापछि बिहीबार झा दम्पतीको शव पिपरा–२ मा गाडिएको अवस्थामा भेटिएको बताउदै शवलाई गलाउन नुनको पनि प्रयोग गरिएको बताए ।
प्रहरीले जग्गा विक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार हरेन्द्र ठाकुरले प्लटिङ गर्ने तयारी सहित झा दम्पतीको १४ कठ्ठा जग्गा खरिद गर्ने प्रयास गरेको तर ठाकुरले आँखा लगाएको जग्गा विक्री गर्ने विषयमा झा पत्नी गीतादेवीको असहमति रहेको थियो । पत्नीलाई जग्गा बेच्ने इच्छा नभएपछि पतिलाई पनि जग्गा बेच्न इच्छा लागेको थिएन ।
ठाकुरको नाममा अगाडि र अन्तिममा पनि जग्गा रहेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । झा दम्पतीको बीचको जग्गा विक्री गरिदिन उनीहरुले डेढ वर्षदेखि आग्रह गरेको र पछि केही सीप नलागेपछि उनीहरुले झा दम्पतीलाई धम्की दिएको छिमेकीहरुले बताएका छन् । प्रहरीले सो दिन बिवाह पञ्चमी पनि रहेको र चारैतिर हो हल्ला हुने भएपछि हत्या गर्न सजिलो हुने योजना बमोजिम सो दिन झा दम्पतीको हत्या भएको जनाएको छ । प्रहरीले जग्गा विक्री नगरेकै कारण अपहरणपछि हत्या गरिएको देखिएको बताएको छ ।

तपाईको प्रतिक्रिया