अजित अधिकारी
चितवन । भरतपुरदेखि माडी ठोरी हुलाकी सडक रुट अन्तरगत चल्ने पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुर तर्फ आउदै गरेको ना.५० ख २१५० नं. को यात्रुबाहक बस र बिपरित दिशाबाट जादै गरेको ना. ४० प ७०८२ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा भरतपुर म.न.पा.६ गितानगर बस्ने बर्ष ४० का स्कुटर चालक मोहन अधिकारी सोही स्कुटरमा सवार उनकी छोरी बर्ष १७ की बिनिसा अधिकारी र दाइकी छोरी बर्ष १७ की दिबिसा अधिकारी घाईते भई उपचारको लागी जिल्ला अस्पताल भरतपुरतर्फ पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजेको समयमा ३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया