काठमाडौं । म्यानमारमा सुरक्षा बलले चलाएको गोली लागि एकै दिन ९० जनाको मृत्यु भएको त्यहाँका स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’ को दिनसुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन भने सकेको छैन ।

राष्ट्रिय टेलिभिजनमार्फत सेना प्रमुख आङ लाइङले शनिबार सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् । तर चुनाव कहिले हुन्छ भन्ने कुरा भने सो सम्भोधनमा उनले खुलाएनन् । म्यानमारमा सेनाले कु गरि फेब्रुअरीमा शासन सत्ता आफ्नो हातमा लिएयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया