चितवन । अहिले देशैभरिको वायु प्रदूषित भएको अवस्थामा चितवनको वायुले पनि प्रदुषणको स्तर नाघेको छ । चितवनको वायु प्रदुषणको स्तर (एयर क्वालिटी इन्डेक्स) ३०० माथि पुगेको वातावरण विज्ञ ध्रुव आचार्यका जानकारी दिए । उनले ५० सम्म सामान्य मानिने र २०० माथि गएपछि मानव स्वास्थ्यमा असर पुग्ने गरी खतराको तहमा पुगेको मानिने भएकाले अहिलेको चितवनको अवस्था पनि वायु प्रदूषणको हिसावले खतरनाक भएको बताए ।
अहिले मानिसको नाकले सम्म छान्न नसक्ने गरी प्रदुषण बढेको आचार्यको भनाई छ ।

उनका अनुसार पानी र हावा नचल्दा वायुमण्डलमा फैलिएको प्रदुषण हट्न नसकेको हो । चितवनको वायुमण्डलमा फैलिएको प्रदुषणले विभिन्न एलर्जी र दम रोगका समस्याहरु देखिएको चिकित्सकहरुले बताएका छन् ।
नेपालमामा गत शुक्रबारबाट वायु प्रदुषणको शुभारम्भ भएको हो । चितवनका विभिन्न सामुदायिक वनलगायत विभिन्न जिल्लामा लागेको डँडेलोको कारणले चितवनमा वायु प्रदुषण बढेको आचार्यको भनाई छ । प्रदुषणले गर्दा भरतपुर विमानस्थलबाट हुने उडानहरु स्थगित भएका छन् भने भरतपुरका विभिन्न अस्पतालमा रुघा, खोकी र दमका बिरामीहरुको संख्या पनि बढ्दै गएको छ । उनले अबको केहि दिन हावा र पानी नपरे सम्म अति आवश्यक काममा बाहेक बाहिर नहिड्न आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया