अजित अधिकारी
चितवन । माडीमा बोलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन । माडीबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ च ७९५५ नं. को बलेरोले सेरुवा हुँदै हाईवे रोडतर्फ आउँदै गरेको ना ४६ प ८६२८ नं.को मोटरसाईकललाई सेरुवा चोकमा दिउसो २ बजेको समयमा ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका छन । घाइते हुनेमा भ.म.न.पा.१७ वनगाई बस्ने बर्ष ३५ का मिन बहादुर महतो रहेको प्रहरीले जनाएको छ

उनको खुट्टा भाचिएको तर अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । घाइते महतोलाई उपचारको लागी भरतपुर तर्फ पठाइएको र बलेरो चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया