चितवन । पूर्वी चितवनको रत्ननगर स्थित मोहनामा रहेको मोहना माविको कक्षा ११ र १२ को कक्षा कटौति गर्ने रत्ननगर नगरपालिकाले निर्णय गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । नगरपालिकाको सो निर्णयको बिरुद्धमा बुधवार विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमी, राजनैतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकहरुले संयुक्त रुपमा नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेललाई बिज्ञप्ति बुझाउदै स्थानियले नगरपालिकाले एक हप्ता भित्र निर्णय फिर्ता नगरे अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । स्थानियको तर्फवाट मेघनाथ पौडेलले र विधालय व्यवस्थापन समितिको तर्फवाट विष्णुहरी देवकोटाले ज्ञापन पत्र वाचन गर्दै कुनैपनि हालतमा नगरपालिकाको निर्णय सहि नभएकाले यसलाई सच्चाउन आग्रह गरेका छन् ।

बिज्ञप्ति बुझेका प्रमुख प्रशासकिय अधिकृत पौडेलले स्थानियको माग र ज्ञापन पत्र नगर शिक्षा समिति र नगर कार्यपालिका वैठकमा पेश गर्ने बताए । उता विधालय तथा स्थानियले भने प्रयाप्त मात्रामा विधार्थी रहेको अवस्थामा नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै त्यसलाई तत्काल सच्चाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया