काठमाडौं । नेपालमा संक्रमितको संख्या बढ्न सक्ने भन्दै अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गर्दै त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरिएको जानकारी दिए । उनले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको बताए । सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णय समेत गरेको गौतमले बताए । प्रवक्ता गौतमले २०० भन्दा बढी शैया भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया