
चितवन । पूर्वी चितवनमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा रेडियो अर्पण १०४.५ मेगाहर्जको सह–आयोजनामा आज (शुक्रबार) अन्तर विद्यालय स्तरिय वक्तृत्वकला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आज परेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “अर्थतन्त्रको खम्बा हो सहकारी” भन्ने विषयमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोले अर्पण साकोस तथा रेडियोका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिए ।
बिभिन्न चाडपर्व तथा महत्वपूर्ण दिन पारेर कार्यक्रमहरु गर्दै आएको अर्पण साकोस र रेडियोले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पनि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलको भनाई छ ।
अर्पण साकोसका सचिव तथा रेडियो अर्पणका कार्यसमिति सचिव किसोर चालिसेले प्रतियोगितामा भाग लिएर बिजयी हुने बिद्यार्थीहरुलाई क्रमशः प्रथम पुरस्कार ५ हजार, द्धितिय पुरस्कार ३ हजार, तृतिय पुरस्कार २ हजार र साथमा सान्त्वना पुरस्कार राखिएको जानकारी दिए ।
आज बिहान बिहान ११ बजेबाट रत्ननगर—१, बकुलहर, चितवनमा रहेको संस्थाको कार्यलयमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक महेश पाण्डेले जानकारी दिए । उनले कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध पनि गरे ।