महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको क्लबहरु मध्य अग्रिणी क्लबको रुपमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सौराहामा सम्पन्न संस्थाको छैठौं साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

रेग्मी पूर्वी चितवनमा सबौझमा लोकप्रिय ब्यवसायीका रुपमा पनि चिनिन्छन् । सर्वसम्मत अध्यक्षमा चयन भएपछि रेग्मिले नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै वर्ष ०२१/२२ मा आफुले सामाजिक कामको अभियानले चुस्त र दुरुस्त रुपमा लैजाने धारणा ब्यक्त गर्दै आफु भन्दा कम भाग्यमानिको सेवामा समर्पित हुने बताए ।

त्यस्तै संस्थाको प्रथम उपाध्यक्षमा सुमन सुवेदी, द्धितिय उपाध्यक्षमा शिवहरी भण्डारी, तृतिय उपाध्यक्षमा किसन प्रसाद, सचिवमा शुरेस जंग पाण्डे, कोषाध्यक्षमा गणेश पौडेल, सह–सचिवमा शंकर पौडेल, सह–कोषाध्यक्षमा रोहित श्रेष्ठ, निर्देशकमा क्रमशः डा.योगेन्द्र राज पन्त, विष्णु श्रेष्ठ, बिष्णु बावु जोशी, लालबावु पौडेल लगाएतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक डिपार्टमेन्ट चिफ उमेश गिरीले मिड नेपालले गरेको कामको मुक्त कण्ठले प्रशंसा गरेका थिए । उनले आगामी दिनमा पनि क्लबले यसरीनै सक्रिय रुपमा कार्य गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

संस्थापक अध्यक्ष तथा डिस्ट्रिक डिपार्टमेन्ट चिफ शुरेस चन्द्र आचार्यले सो संस्थाले स्थापना कालदेखि हालसम्म गरेका सामाजिक योगदान र कार्यक्रमको चर्चा गरेका थिए । त्यस्तै क्लबका पूर्व अध्यक्ष तथा डिस्ट्रिक कमिटि मेम्बर जगदिश चन्द्र शर्माले मिड नेपालले सामाजिक सेवामा अग्रिणी भुमिका निर्वाह गर्दै अतुलनिय योगदान गरेको बताउदै क्लबलाई धन्यवाद ब्यक्त गरे ।

संस्थाका पूर्व अध्यक्ष एंव डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर द्धय पुष्पराज श्रेष्ठ र प्रकाश शर्मा चापागाईले मिड नेपालले सामाजिक कार्यमा खेलेको भुमिका माथि प्रकाश पारेका थिए ।


क्लबका वर्ष २०२०/२१ का अध्यक्ष किशोर चालीसेले वर्ष भरि संस्थाले गर्ने कार्यक्रममा सहयोग गरेबापत सबैलाई सम्मान गरेका थिए । उनले वर्षभरि उत्कृष्ट योगदान गर्नुहुने क्लबका सदस्य विष्णु श्रेष्ठलाई वर्ष उत्कृष्ट सहयोगीको रुपमा प्रस्तुत गर्दै बधाई, सम्मान तथा धन्यवाद ब्यक्त गरेका थिए ।

चालिसेले वर्षभरि संस्थाले गरेका सामाजिक कार्यको वर्णन गर्दै आगामी दिनमा पनि लायन्स क्लब मिड नेपाल कम भाग्यमानिको सारथी बन्ने कुरामा कुनै दुबिधा नरहेको बताए ।

तपाईको प्रतिक्रिया