चितवन । पूर्वी चितवनमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं रेडियो अर्पण १०४.५ मेघाहर्जको सह–आयोजनामा ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “अर्थतन्त्रको खम्बा हो सहकारी“ भन्ने विषयमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा चितवनका बिभिन्न विद्यालयका २१ जना बिद्यार्थीले भाग लिएको कार्यक्रमका संयोजक महेश पाण्डेले जानकारी दिए ।

सो प्रतियोगितामा स्काइ राइडर आ.मा.विकी छात्रा आयुष्मा पोख्रेल प्रथम हुन सफल भइन । उनले नगद रु ५ हजार सहित प्रमाण पत्र, मायको चिनो प्राप्त गरिन । त्यस्तै बिरेन्द्र आ.मा.विकी छात्रा अन्जना शिलवाल द्वितीय भइन । उनले नगद रु ३ हजार सहति प्रमाण पत्र, मायको चिनो प्राप्त गरिन । तृतीय स्थान हासील गरिन बैरिया मा.बि.की छात्रा रोशनी रेग्मीले ।

उनले नगद रु २ हजार सहित प्रमाण पत्र, मायको चिनो प्राप्त गरिन । त्यस्तै सान्त्वना पुरस्कार प्राप्त गरे जन जागृति मा.बिकी छात्रा दीक्षा चालिसे र एकता शिशु निकेतनका छात्र आशिष बञ्जराले । उनिहरुले नगद रु ५–५ सय सहित प्रमाण पत्र, मायको चिनो प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि जन जागृती बहुउद्देश्य सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा सहकारी बिज्ञ एकनारायण पौडेलले सहकारीको क्षेत्रमा अर्पण साकोस र रेडियो अर्पणले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गरे । उनले सहकारीसँग सम्बन्धित रहेर बालबालीकाको बिचमा गरिएको वक्तृत्वकला प्रतियोगिताले उनिहरुको मनमा सहकारी प्रतिको भावना बृद्धि हुने कुरा ब्यक्त गरे ।

अर्पण साकोस तथा रेडियो अर्पणका अध्यक्ष मेघनाथ पौडेलले कोरोनाको कहर पछि बिस्तारै गति लिइरहेको समयमा गरिएको सो कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरे । उनले सो कार्यक्रममा अर्पण साकोसले गरेका काम र दिइने सेवाको बारेमा सबैलाई प्रश्ट पारेका थिए ।

कार्यक्रममा निर्णायकको रुपमा शहिद स्मृती बहुमुखी क्याम्पसका प्राध्यापकद्धय खडानन्द प्रसाई र जगन्नाथ अधिकारी रहेका थिए । अर्पण साकोसका सचिव किशोर चालीसेले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थित सबैलाई संस्थाका उपाध्यक्ष शुरज पौडेलले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा अर्पण साकोसका निर्वतमान अध्यक्ष यमन भुषाल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका पूर्व प्रमुख तथा लाइसियम बोडिङ्गका प्रबन्ध निर्देशक सन्तोष पन्तले आफ्नो धारणा ब्यक्त गरेका थिए ।



तपाईको प्रतिक्रिया