
अजित अधिकारी
चितवन । माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, रथ यात्रा सहित मूर्ति स्थापना गर्न र रामनवमी मेला आयोजना गर्ने विषयमा समेत छलफल भएको जनाएका छन । उनका अनुसार, आगामी बैशाख ९ गतेका दिन राम नवमीको दिन पारेर अयोध्यापुरीमा सो कार्य छिटै निर्माण गरिने बताए ।
मुख्यमन्त्री पौडेलले माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई यस बारेमा छिटोभन्दा छिटो अग्रसर हुन र सबैले देख्ने र महसुस गर्ने गरी योजना बनाउन अनुरोध गरे ।
मुख्यमन्त्री पौडेलको आग्रह पश्चात् माडी नगरपालिकाले रामनवमी पर्ब भब्यतापुर्बक मनाउने तयारी थालेको नगरपालिकाका प्रबक्ता शिबहरी सुबेदीले बताए । यस बारेमा भोलि बिहान ८ बजे सर्बपक्षिय बैठक आह्वान गरिएको उनको भनाइ छ ।