महेश पाण्डे
युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखाको पूर्वी चितवनको टाँडीमा शुरु गरिएको छ । रत्ननगर—१, सौराहा चोक नजिकै रहेको युनिक साकोसको भवनमा सो फाइनान्सले आफ्नो २७ औं शाखा शुभारम्भ गरेको हो ।

शाखा शुभारम्भको अवसरमा आयोजिक कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले हाल सम्म आफुले रिबन काटेका जुनकुनै संस्थाले प्रगति गरि रहेकाले सो संस्थाले पनि प्रगति गर्ने कुरामा आफु बिश्वस्त रहेको बताइन ।

उनले नेपालमा बैंकिङ्ग कारोबारको अवस्था बढ्नु सकारात्मक भएकाले कुनैपनि ट्रान्जेक्सन गर्दा प्रविधि मैत्री बन्नु पर्ने कुरामा फाईनान्स कम्पनिले जोड दिओस भन्ने आफुले चाहेको बताइन् ।

सो फाइनान्सका शाखा प्रमुख राजेन्द्र बहादुर सिंहले सबै क्षेत्र र वर्गसँग बैंकिङ्ग सेवाको पहुच पर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने सोच अनुरुप युनाईटेड फाईनान्स लिमिटेडको २७ औं शाखाको पूर्वी चितवनको टाँडीमा शुरु गरिएको जानकारी दिए ।

उनले सो फाईनान्स चुक्ता पुजीको हिसाबले नेपालको सबैभन्दा ठूलो संस्था भएको जानकारी दिए । उनले युनाइटेड फाइनान्स नेपालकै लब्ध प्रतिष्ठित ब्यक्ति तथा ब्यापारिक घरानाहरुद्धारा प्रवद्धित रहेको जानकारी दिदै फाईनान्सले सो शाखाबाट सबै बैंकिङ्ग कारोबारसँगै ग्राहकहरुलाई गोल्ड लोनको पनि सुविधा दिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया