अजित अधिकारी
चितवन । माडीमा अबैध रुपमा गाँजा बिक्री वितरण गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका – ५ रमाइलो डाँडा बस्ने वर्ष ५० का बिष्णु कुमार दराई रहेको प्रहरीले जनाएको छ । उनी हिजो साँझ बुधबार पक्राउ परेका हुन ।

दराईलाई बिक्रीका लागि तयार पारि राखिएको ५० पाेका (करिब ११ सय ग्राम) गाँजा सहित नियन्त्रणमा लिइएकाे हो । निजलाई कानुनी कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया