चितवन । नेपाल स्वास्थ्य शिक्षक संघको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन आज (शनिवार) देखि रत्ननगरमा शुरु हुने भएको छ । आज र भोलि गरि दुई दिन सम्म चल्ने अधिवेशन अन्तर्गत संघको नयाँ कार्यसमिति चयन संगै नेपालमा देखिएको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको महत्वको विषयमा छलफल हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

संघका केन्द्रीय सदस्य दीपक बाबु श्रेष्ठले शनिवार स्वास्थ्य शिक्षाको विषयमा गोष्ठी र आइतवार अधिवेशनका कार्यक्रम हुने जानकारी दिए । उनले गोष्ठीमा महामारीको रुपमा फैलिएको कोरोनाले मानब जीवनमा पु¥याएको क्षति, खोपको प्रभावकारी,स्वास्थ्य शिक्षाको महत्व, पाठ्यक्रमको विकास, स्वास्थ्य शिक्षाको विकासको लागि गरिएका अनुसन्धानात्क सामाग्री, शिक्षकहरुको भूमिकाको विषयमा छलफल हुने जानकारी दिए ।

संघका सचिव सुवास प्रसाईले दुई दिन सम्म चल्ने गोष्ठीमा डा. भोजराज अधिकारी, डा. कमल आचार्य, प्रा.डा. योगेन्द्र प्रधानाङ्ग, गोविन्द देवकोटा, यदुराम उप्रेती, सुधा घिमिरे, डा.भगवान अर्याल, शुशील शर्मा, शान्ति प्रसाद खनालले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए ।

सो अधिवेशनमा सातै प्रदेशका १९४ जना आजीवन सदस्य तथा विशिष्ट सदस्यहरुको सहभागिता रहने टाँडी क्याक्पसका पूर्व क्याक्पस प्रमुख कुशुमराज सुवेदीले जानकारी दिए । सो कार्यक्रम त्रिवीका निर्वतमान उपकुलपती प्रा.डा.तीर्थ खनियाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया