चितवन । चितवनमा म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आज (आईतबार) बिहान ९ बजेको समयमा भरतपुर म.न.पा. १९ रामपुर चौकी नजिकै म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खसेको हो । भरतपुरबाट शारदानगर टाउन तर्फ जांदै गरेको ९ जना सवार ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खस्दा २ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेका घाईतेको भरतपुर अस्पताल, नया मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा म्याजिकमा सवार नाम थर वतन नखुलेका अन्दाजी वर्ष ४५ का रहेका छन् । उनको अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । त्यस्तै अर्का मृतक म्याजिकमा सवार हाल नाम थर वतन नखुलेका अन्दाजी वर्ष ं.५५ का एक पुरुषको उपचारको क्रममा बिहान ०९ः३५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परि पुरानो मडिकल कलेजमा उपचाररत घाइतेहरुमा क्रमशः लम्जुङ दोर्जि गा.पा.३ वस्ने बर्ष ३१ का विनोद गुरुङ, रसुवा जिल्ला कालिका गा.पा.२ बस्ने वर्ष १९ का प्रदिप घिमिरे रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
त्यस्तै सो दुर्घटनामा परि नया मडिकल कलेजमा उपचाररत म्याजिक चालक चितवन जिल्ला भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ को रमेश थापाको दुबै खुट्टा भांचिएको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरुमा क्रमशः भरतपुर म.न.पा.६ बस्ने बर्ष ४७ की शारदा परियार, भरतपुर म.न.पा.२१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि.क.(गम्भिर), भरतपुर म.न.पा.१९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ (गम्भिर) रहेको प्रहरीको भनाई छ । त्यस्तै भरतपुर म.न.पा.१९ रामपुर बस्ने बर्ष २४ को अनुप लामाको सामान्य अवस्थामा त्यहिको स्थानिय मेडिकल रामपुरमा उपचार भई रहेको छ ।

तपाईको प्रतिक्रिया