अजित अधिकारी
चितवन । साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा १५० जना संस्थामा कार्यरत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा लोक राज सापकोटाले स्वागत मन्तव्य राखेका थिए । भने पोषराज पौडेलले मन्तब्य राखेका थिए ।
शनिबार भएको सो कार्यक्रममा आगामी दिनमा संस्थालाई के कसरी अगाडि बढाउने तथा संस्थाका निति नियम तथा योजनाका बारेमा चर्चा गरिएको थियो । यसैगरी खेलकुद तथा सांस्कृतिक कार्यक्रम नृत्य प्रतियोगिता तथा कुर्चिचाल समेत राखिएको थियो । उता माडीमा बन्न लागेको अयोध्याधाम निर्माणको लागि समेत सहयोग गर्ने सो संस्थाले जनाएको छ ।