रत्ननगर । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन । नेपाली काँग्रेस रत्ननगर नगर समितिको आयोजनामा भएको भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले सबै आआफ्नो स्थानबाट ईमानदार भएर लाग्ने हो भने देशमा काँग्रेस छाउने दाबी गरे । अर्को एक प्रसंगमा नेपाल कृषिप्रधान देश भएकोले नेपाली काँग्रेसले आफ्नो सरकार बनाएर अब युवाहरूलाई लक्षित गरि कृषि कार्यमा जोड दिने बताए । बिपिको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको स्मरण गर्दै उनले नेपालमा १७ लाख हेक्टर जमिन कृषि योग्य भएको हँुदा आधुनिक कृषि प्रणाली अनुसार युवाहरूलाई देशमा नै बस्ने बाताबरण तयार गर्न सरकार लाग्ने बताए ।

कार्यक्रममा जिल्ला सभापति जितनारायण श्रेष्ठले वडा तह देखिनै सबैले मन भित्रको तिक्तता फालेर पार्टी बलियो बनाएर जानुपर्ने बताए । चितवन जिल्लाले पार्टीले केन्द्रबाट गरेको निर्देशन पालना गर्दै आएको र कुनै पनि बहानामा पार्टी अधिबेशनको समय अब सार्न नमिल्ने भन्दै केन्द्रमा पनि दबाब दिन पार्टीका महामन्त्रीलाई आग्रह गरे । कार्यक्रमका सभापति रुपनराज घिमिरेले बर्ष भरी नेपाली काँग्रेस नगर समितिको आयोजनामा भएको कार्यक्रम समाबेश गरेर पात्रो प्रकाशित गरिएको बताए ।

अघिल्लो बर्ष कोभिडका कारण भित्ते पात्रो विमोचन गर्न कठिनाइ भएको भन्दै बिना कुनै बिज्ञापन कार्यक्रमको जानकारी दिने उद्देश्य राखेर पात्रो विमोचन हरेक बर्ष गर्दै आएको र त्यसैको निरन्तरता दिन यस बर्ष पनि आयोजना गरिएको बताए । स्वागत मन्तव्य राख्दै घिमिरेले रत्ननगरमा हुने हरेक क्षेत्रमा काँग्रेसको प्रतिनिधित्व बढाएर लैजाने बिषयमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति कैलाश कोइराला,जिल्ला सचिव उत्तम आचार्य,राजिब न्यौपाने,सह सचिव सुर्य अर्याल, जिल्ला प्रबक्ता निता ढकाल,क्षेत्रीय सभापति राजु सिलवाल,निबर्तमान क्षेत्रीय सभापति कुमार कार्की,पुर्ब क्षेत्रीय सभापति नन्दराम कँडेल,महासमिति सदस्य तथा प्रतिनिधि सभा उम्मेद्बार राजेन्द्रप्रसाद बुर्लाकोटी,महासमिति सदस्य सुशिला उप्रेती, जिल्ला सदस्य दिवाकर अर्याल,पूर्व नगर सभापति महेशप्रसाद रौनियार,महाधिवेशन प्रतिनिधि विजय ओझा लगायत अतिथि रहेको कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया