चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतबार साँझ ७ः३० बजेको समयमा राप्ती न.पा. ११ आंमपानी स्थित चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोला तर्फ आई रहेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार सो दुर्घटनामा परेर ५ जनाका उपचारको क्रममा ज्यान गएको छ भने घाइतेको उपचार भरतपुरका बिभिन्न अस्पतालमा भइरहेको छ । पुरानो मेडिकलमा उपचारको क्रममा ४ जना र भरतपुर अस्पतालमा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पुरानो मेडिकल कलेजमा मृत्युहुनेमा क्रमशः राप्ती न.पा. ५ बस्ने बर्ष ३५ का खड्क लामा, खैरहनी न.पा. ९ बस्ने बर्ष ४० का मगन महतो, राप्ती न.पा. ४ बस्ने बर्ष ४५ का सिताराम श्रेष्ठ र नाम बतन नखुलेका अन्दाजी बर्ष २४÷२५ वर्षका पुरुष ब्यक्ति रहेको प्रहरीको भनाई छ । त्यस्तै भरतपुर अस्पतालमा मृत्युहुनेमा खैरहनी न.पा. ९ बैरहनी बस्ने बर्ष ५० की छनिया महतो रहेको प्रहरीको जनाएको छ ।

हाल पुरानो मेडिकल कलेजमा उपचार भएका घाईतेहरुमाः ट्रयाक्टर चालक खैरहनी न.पा. ७ मझुही बस्ने बर्ष २६ का राजन चौधरी (मध्यम), रौतहट मधुनारायण न.पा. १ बस्ने बर्ष २२ का पप्पु महरा (टाउकोमा चोट गम्भिर), चितवन खैरहनी न.पा. ९ बस्ने बर्ष २५ की मन्जु चौधरी खुट्टामा चोट (मध्यम), खैरहनी न.पा. ९ बस्ने बर्ष २१ की सरिता चौधरी (टाउकोमा चोट मध्यम), बारा सिम्रनगढ न.पा. ५ बस्ने बर्ष २१ को अबधेस पासबान (खुट्टामा चोट अबस्था मध्यम), बारा सिम्रनगढ न.पा. ८ बस्ने बर्ष २३ का शिबजी कुमार राम (दुबै खुट्टामा चोट मध्यम), रौतहट दिबिही बस्ने बर्ष १९ का अरुण राम ( गम्भिर), बारा बुद्दगाँउ न.पा. ८ बस्ने बर्ष २० का बिराज चौधरी (मध्यम), मकबानपुर सिलिङे गा.पा. ६ बस्ने बर्ष २५ का दानिर प्रजा (मध्यम), मकबानपुर कान्द्राङ गा.पा. ४ बस्ने बर्ष २० का रङलाल प्रजा (मध्यम), बारा कचौराहा गा.पा. ८ बस्ने बर्ष २७ का राम आधार राम (गम्भिर), रौतहट दिपहि न.पा.१ बस्ने बर्ष २४ का नागेश्बर चमार (मध्यम), मकबानपुर राक्सिराङ गा.पा. २ बस्ने बर्ष ४२ का अजय सिंजाली (मध्यम), रौतहट दिपही न.पा. २ बस्ने बर्ष १४ को नितेस राम (मध्यम), राप्ती न.पा. ४ बस्ने बर्ष ४५ को सुर्य ब. श्रेष्ट (गम्भिर), .राप्ती न.पा. ४ बस्ने बर्ष ३० का निर ब. श्रेष्ठ (गम्भीर), नाम थर बतन नखुलेको बर्ष २८ को पुरुष ब्यक्ति ( गम्भिर) रहेको छन् ।

जिल्ला बारा कोल्बी न.पा. ५ बस्ने बर्ष ३२ का प्रभु कुमार रामको अवस्था गम्भिर रहेको र उनको जिल्ला सरकारी अस्पालमा उपचार भईरहेका बताइएको छ । त्यस्तै अर्का घाइते मकबानपुर राक्सीराङ गा.पा. ७ बस्ने बर्ष २४ का रमन चेपाङको अबस्था गम्भिर रहेको र उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेका छ । प्रहरीले उक्त दुर्घटना ओभर लोड र भौगालिक रुपमा कठिन सडकमा भएको र अनुसन्धान भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया